Head_news

५ वर्षमा सम्वृद्ध गाउपालिका वनाउ छौ

गढवा गाउपालिकाका अध्यक्ष सहजराम अहिर संग राप्ति न्युजका सहकर्मीले  गढवा गाउपालिकाको विकास लगायतका वारेमा गर्नु भएको कुराकानी

गढवा गाउपालिका अध्यक्ष सहजराम अहिर

# स्वागत अध्यक्ष ज्यु 

धन्यवाद 

# गढवा गाउपालिकाका वाट सेवाग्राहिहरुले सेवा कस्तो पाए छन्  ?

अहिले सम्म सन्तोषजनक भएको महशुस गरेको छु ।  स्थानिय तह संचालन ऐन २०७४ अनुसार सेवा प्रदान गरी रहेका छौ तर केहि वडा कार्यालयहरुमा कर्मचारीको अभावले गर्दा भने जस्तो सेवा वडा कार्यालय वाटै दिन सकेका छैनौ तर पनि हामी कर्मचारी ब्यवस्थापनमा लागि रहेका छौ । अहिले सचिव नभए पनि हामीले हामी संग भएका कर्मचारी लाई सचिवको हैसियतमा काम गर्ने गरि वडा कार्यालयमा खटाई सेवा दिईरहेका छौ । यसले केही हद सम्म सेवामा सहज भएको छ ।

# गढवा गाउपािलका कार्यालयका योजन  तथा कार्यक्रमहरु कति सम्पन्न भयो   ?

गढवा गाउपालिकाको पहिलो गाउ सभा वाट पारित भएका योजना तथा कार्यक्रमहरु सम्पन्न भएका हिसावले  करिव भौतिक निर्माणका योजनाहरु ६० प्रतिसत भन्दा वढी भइसकेको छ तर भुक्त्तानिका हिसावले भने २८ प्रतिशत मात्र देखिन्छ भने लक्षीत वर्ग अन्तर्गत ७ प्रतिशत मात्र सम्पन्न भएका छन् अरु काम भइरहेको अवस्था हो ।

# किन ढिलाई भएको भुक्क्तानिमा ?

प्रशासकिय अधिकृत १ महिना विदा वस्नु भएको र जिल्ला प्राविधिक कार्यलयले प्राविधिक नपठाएका कारण भुक्क्तानिमा समस्या भएको हो । अहिले भुक्त्तानि भईरहेको छ ।

# योजनाहरु कसी छनोट गर्नु हुन्छ ?

हामीले गढवा गाउपालिका लाई ४ वटा कलस्टरमा विभाजन गरि जनता माझ गएर योजनाहरु संकलन गर्ने काम गर्छाै त्यसलाई फेरी वडा तहमा छलफल गरी प्रथमिकताका आधारमा छनौट गरी गाउ कार्यपालिकामा पेस हुन्छ अनि वैठकले पास गरि गाउ सभामा पेश भई योजना तथा कार्याक्रम लागु हुन्छ । हामी हाम्रा हैन् जनताका योजना तथा कार्यक्रम लाई प्रथमिकता दिने गर्छाै । जो उनिहरुको जिवन संग गासिएका पक्षहरु हुन्छ । विकास निर्माण देखि अन्य कार्यक्रमहरु जनताका हितमा भए भने त्यसले सकारात्मक नतिजा ल्याउछ , जसले  गढवा गाउपालिकाको विकासमा टेवा पुग्छ ।

# कसरी संचालन गर्नु भएको   योजना तथा कार्यक्रमहरु ?

२ लाख सम्मका योजनाहरु वडा कार्यालय वाटै सम्झौता हुन्छ । योजना सम्पन्न भए पछि भुक्क्तानिका लागी गाउकार्यपालिकाले भुक्क्तानि दिन्छ । २ लाख भन्दा पढि रकम टेण्डर प्रकृया वाट काम हुन्छ । लक्षीत वर्गका कार्यक्रमहरु भने उभोक्ता समुह तथा गैर सरकारी संस्थाहरुले संचालन गर्ने गरेका छन् जस्को छनोट वडा कार्यालयहरुले नै आफै संचालनको जिम्मेवारी दिई काम गराई रहनु भएको छ ।

# योजना सम्भौता गर्न गाउपािलिका कार्यालयमै आउनु पर्छ होला नि ?

वडाकार्यलयका योजना तथा कार्यक्रमहरु वडाकार्यलयले नै गर्ने गर्छन् भने भुक्त्तानिका लागि मात्र गाउ पालिकामा आउनु पर्ने हुन्छ । यो पनि हामी संग कर्मचारी नभएको हुदा यस्तो समस्या हो मैले कर्मचारीका लागी प्रदेश सरकार संग पनि कुरा गरेको छु यो समस्या पनि छैटै हटने छ , विश्वास गरौ ।

# जनताले संघिय संरचना अनुसार सेवा पाएका छन्  ?

पाएका छन् जस्तो लाग्छ मलाई, घोराही जान पर्दैन् , प्रशासनका केही काम गाउपालिकामै हुन्छ ।  २ लाख सम्मका योजनाहरु वडामै सम्झौता हुन्छ , त्यो भन्दा वढी मात्र गढवा गाउपालिका ले गर्ने गरेको छ  । रकमका लागी मात्र गढवा गाउपालिकामा आउनु पर्ने वाध्यता हो  । यस अनुसार पनि संघिय संरचना अनुसार केही हद सम्म पुराभएको मैले  महशुस गरेको छु । यसो भन्दै गर्दा सवै पुरा भएको भने हैन  अझ काम गर्न जरुरी छ जस्ले जनताले प्रत्यक्ष रुपमा यसको आभाष गर्न सक्नु पर्छ ।

# तपाईहरु ले चुनावि समयमा गरेका प्रतिवद्धता अनुसार काम गर्नु भएन भन्ने गुनासो आएको छ नि  ?

त्यसो हैन , हामीले चुनावि समयमा प्रतिवद्धता गरेका अनुसार काम गरिएका छौ । हामीले चुनावमा विकासका कुरा उठाएका  शिक्षा ,स्वास्थ्य,पानि ,रोजगार लगायतका विषयमा काम गर्ने योजना सार्वजनिक गरेका थियौ  । आज हामी त्यहि कामका लागी गुरु योजना वनाउने काम थालिएको छौ   । विज्ञ समुहहरु को समुह वनाई समग्र गढवा गाउपालिकाको विकासका लागी योजना वनाई कार्यवन्यन गर्नेमा हामी लागेका छौ । जो हामीले पहिले वोलि सकेका छौ ।

# दोस्रो गाउ सभा वाट के के कुरा पास गर्नु भयो ?

 दोस्रो  गाउ सभा वाट १२ वटा कानुन वनाई कार्यन्वयनको चरणमा छौ ।  जस्ले गर्दा  स्थानियवासीहरुलाई सेवा लिना सहज र सरल वन्ने छ ।  हामीले अहिले वनाएका कानुनहरु सहकारी ऐन, स्थानिय वन एने , कृर्षि ब्यवसाय प्रवद्धन ऐन , आर्थिक कार्य विधि कानुन , प्रशासकिय कार्यविधि ऐन , स्थानिय शिक्षा एने , एफ.एम रेडियो कार्यविधि ऐन , कर्मचारी ब्यवस्थापन ऐन , स्थायिन राजपत्र प्रकाशन कार्य विधि ऐन , न्याय समिति कार्य विधि ऐन लगायतका कानुन वनाएको छौ । यसले अव विकास संगै कार्य संचालनका ढोका खुलेको छ । यसले गढवा गाउपालिकालाई काम गर्न सहज हुनुका साथै प्रभावकारी सेवा दिन सहायोग गर्ने छ  ।

# ५ वर्ष पछि गढवा गाउ पालिका कस्तो भएको देख्न सकिन्छ ?

 गढवा गाउपालिकाको पहिलो काम कोइलावास सडग पक्की र नाका संचालन गर्ने प्राथमिकतामा राखेका छौ । दोस्रोमा राप्ति नदिको पानी  किसानका खेत सम्म सहज र प्रयाप्त रुपमा सिचाई पुगाउन  योजना वनाई लागु  गराउने ,  नेपाल कृषि प्रधान देश हो हामी अझै पनि परम्परागत खेति प्रणालिमा काम गरी रहेका छौ अव अधुनिकिकरण गर्न जरुरी छ  त्यसका कारण हामी कृर्षि विषयमा उच्च शिक्षा अध्ययन गर्ने विद्यालय स्थापना गर्ने छौ  निशुल्क अध्ययनको ब्यवस्था मिलाउने छौ, गढवा गाउपालिकामा डाक्टरी सेवा सहित स्वास्थ्य सेवा विस्तार गर्ने ,  कालाकाटे देखि नेपालगञ्ज सम्मको सडग पक्की गर्ने र  नियमिति यातायात संचालन  गर्ने प्रकृया मिलाउने लगायत सम्वृद्ध गाउपालिका वनाउने हामीहरुको योजना हो ।

# अन्त्यमा केही भन्न चहान्नु हुन्छ  ?

हामी समग्र गढवा गाउपालिकाको विकासमा जुटेका छौ , कतै  छुटन पनि सक्छ हामी लाई आफ्नै दाजु भाई भनेर प्रत्यक्ष रुपमा भेटेर भन्न जनताहरु लाई  अनुरोध गर्दछु । अवको ५ वर्षमा हामी सबै मिलेर देशकै नमुनाको रुपमा यस गाउपालिकालाई चिनाउन लाग्नु पर्छ यो सबै गाउपालिका वासीको दायित्व पनि हो ।

# समयका लागी धन्यावाद

तपाई र राप्ति न्युन अनलाईन लाई पनि धन्यवाद जस्ले कुरा राख्ने मौका दिनु भयो  ।

ट्रम्प र उत्तर कोरियाली नेता उनबीच सीधा वार्ता , जापानद्रारा स्वागत

Previous article

परराष्ट्रमन्त्री ज्ञवाली चिनिया उपराष्ट्रपति र विदेशमन्त्रीसँग भेट गर्दै

Next article

सम्बन्धित खबर

फेसबुकबाट तपाईको प्रतिक्रिया

अधिक मा Head_news