All_news

भदौ पहिलो साता ब्ल्याक

जेठ १२ राप्ती न्युज काठमाण्डौ ,  जेठ ११ बाट प्रदर्शनीमा आउने भनिएको चलचित्र ‘ब्ल्याक’ निर्माताहरूको आन्दोलनकै कारण यो मितिमा प्रदर्शन हुन सकेन । निर्माताको आन्दोलन सकिएकाले निर्माता संघ र अन्य पक्षसँगको वार्तापछि यो चलचित्रको नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको छ ।

अब यो चलचित्र आगामी १ भदौमा मात्र रिलिज हुने मिति तय भएको छ । प्रदीप श्रेष्ठको निर्देशन रहेको यो चलचित्र प्रेमकथा जनरमा निर्माण भएको छ । यसलाई आश्मा पाण्डेले निर्माण गरेकी हुन् ।

ब्ल्याकमा आकाश श्रेष्ठ, आँचल शर्मा, सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशील क्षत्री, धिरेन शाक्य, प्रिया रिजालको भूख्य भूमिका रहेको निर्देशक प्रदीपले बताएका छन् ।

चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको यो चलचित्रमा अर्जुन जिसीको सम्पादन छ । चलचित्रमा आँचल शर्मा र आकाश श्रेष्ठको जोडीलाई दर्शकले रुचाउने निर्माण पक्षको विश्वास छ ।

मौनता श्रेष्ठको कथामा तयार भएको ब्ल्याकमा रामजी लामिछानेको कोरियोग्राफी, रामशरण उप्रेतीको छायांकन रहेको छ ।यो चलचित्रलाई काठमाडौं उपत्यकामा गोविन्द शाही र मोफसलमा उज्ज्वल पौडेल, मनोज राठीले वितरण गर्ने भएका छन् ।

नम्रताको नयाँ रुपा

Previous article

छिट्टै कर्मचारी ब्यवस्थापन हुने

Next article

सम्बन्धित खबर

फेसबुकबाट तपाईको प्रतिक्रिया

अधिक मा All_news