All_news

दाङ– जिल्ला प्रशासन कार्यालय शनिबार पनि खुल्ला हुने भएको छ । भदौ महिना देखि शनिबार पनि सेवा दिने उद्देश्यले बिहान ११ बजे देखि २ बजेसम्म प्रशासन कार्यालय खुल्ला राखिने प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताए । ‘जनतालाई सहज रुपमा सेवा दिन शनिबार पनि प्रशासन कार्यालय खुल्ला हुनेछ’, प्रमुख जिल्ला अधिकारीले अधिकारी श्रेष्ठले  भने, ‘अत्यावश्यक सेवा लिन शनिबार भनेर रोकिनु पर्दैन ।’  प्रशासन कार्यालयले यस अघि दाङका १० स्थानीय तहलाई पत्राचार गर्दै शनिबार कार्यालय खुल्ला राख्ने बारे राय मागेको थियो ।

खुकुरी प्रहार गरी भाइको हत्या

Previous article

अाज देखि नयाँ मुलुकी अपराध संहिता लागू हुँदै

Next article

सम्बन्धित खबर

फेसबुकबाट तपाईको प्रतिक्रिया

अधिक मा All_news