All_news

रणवीर र आलियाले पनि बिहे गर्दै

काठमाण्डौ , १४,बलिउडमा अहिले विवाहको मौसम चलिरहेको छ। नोभेम्बरमा बलिउडका तीन ठूला हस्तीहरुको विवाह हुँदैछ। अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहले नोभेम्बर १४ र १५ मा इटलीको लेक कोमोमा हुँदैछ।

अभिनेत्री प्रियंका चोपडा र गायक निक जोनस जोधपुरमा विवाह गर्दैछन्। तर बलिउडका अर्का जोडीको सम्बन्ध अर्को तहमा गएको बताइएको छ र उनीहरुको विवाह हुने संभावना रहेको बताइएको छ।

अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपूर सन् २०१९ मा विवाह गर्दैछन् भन्ने खबरले अहिले सिने नगरी तातेको छ। आफ्नो सम्बन्धलाई सार्वजनिक रुपमा स्वीकार्नु अगाडि नै उनीहरु आफ्नो सम्बन्धलाई रंगाइरहेका छन्। यहि वर्ष मे मा भएको सोनम कपूर आनन्द अहुजाको विवाहमा पनि उनीहरुसँगै गएका थिए। आलिया ऋषि कपूर, नितु कपूर र रणवीर कपूरसँगै समय बिताइरहेको पनि देखिएको छ ।

कपूर परिवारको नजिकका सदस्यका अनुसार आलियालाई कपूर परिवारले स्वागत गरिसकेको छ, उसलाई रणवीरले मात्र हैन, उसका अभिभावक, दिदीले र पूरै कपूर परिवारले पनि माया गर्छन्। विवाहको यो कल्पना रणवीरका विचार हो र यदि यो सम्भव भयो भने सबै खुशी हुनेछन्।

स्रोतका अनुसार यो जोडीले विवाहको मिति तय गर्नको लागि ऋषि कपूर स्वस्थ हुने समय कुरिरहेको छ।

गएको अगस्टमा मात्र रणवीर कपूरले विवाहका लागि हतार नभएको बताएका थिए। ‘म विवाह योजनाबद्ध नभई परिस्थितिबस हुने कुरामा विश्वास गर्छु, यो यस्तो हैन कि अब म ३५ को भएँ, मेरो विवाह गर्ने उमेर भयो। विवाह गर्ने मानिसलाई लाग्नुपर्यो कि प्रेमसम्बन्धलाई अब विवाहमा परिणत गर्नुपर्छ।’

प्रधानमन्त्रिको स्वास्थ्यवारे भ्रमिक समाचार प्रकाशनको आरोपमा पत्रकार पक्राउ

Previous article

सडक दुर्घटनामा एकजनाको मृत्यु

Next article

सम्बन्धित खबर

फेसबुकबाट तपाईको प्रतिक्रिया

अधिक मा All_news