All_news

बर्डफ्लु देखिएपछि उच्च सतर्कता

चितवन – जिल्ला मकवानपुरमा कुखुरामा बर्डफ्लु देखिएपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ । पोल्ट्रीको राजधानी मानिने चितवन जिल्लामा भित्रने नाकामा पक्षीजन्य वस्तु आयातमा कडाइ गरिएको छ ।

भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका निमित्त प्रमुख डा. पर्शुराम फुयालले यस जिल्ला हुँदै राजधानी र बाहिरी जिल्लामा कुखुराजन्य पदार्थ धेरै आवतजावत गर्ने हुदाँ क्वारेन्टाइनमा कडाइका साथ चेकजाँच थालिएको बताए ।
उनले भने, ‘मकवानपुरमा बर्डफ्लु देखिएपछि जिल्ला छिर्ने नाकामा क्वारेन्टाइनलाई विशेष चेकजाँचका लागि निर्देशन दिइएको छ ।’ अहिले जिल्लाका १५० कुखुराका नमूना परीक्षणका लागि काठमाडौं पठाइएको उनले बताए ।
बर्डफ्लु संक्रमण हुन सक्ने देखिएकाले व्यवसायीलाई जैविक सुरक्षामा ख्याल गर्दै काम गर्न आग्रह गरिएको उनले बताए । जिल्लामा बर्डफ्लु भित्रने सम्भावना प्रबल रहेको बताउँदै उनले चाँडै जिल्ला बर्डफ्लु नियन्त्रण प्राविधिक समितिको बैठक राखेर सबैलाई यसको विषयमा जानकारी गराइने बताए

देशका विभिन्न जिल्लामा जाने मुख्य राजमार्ग नै चितवन हुँदै जाने भएकाले यहाँका व्यवसायी अझै सतर्क हुन आवश्यक रहेको उनले बताए । राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा. दयाराम चापागाईंले हरेक हप्ता दुई दिन यहाँ नमूना सङ्कलन गरी केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाउने गरेको बताए ।

दैनिक ब्रोइलर मासु ८ लाख ५० हजार किलो उत्पादन हुने गर्दछ । बरालका अनुसार हप्तामा ब्रोइलर कुखुराको चल्ला २७ लाख र लेयर्सको चल्ला ३ लाख उत्पादन हुँदै आएको छ । देशको कुखुराजन्य पदार्थको आधा चितवनमा उत्पादन हुने गर्दछ ।

पोल्ट्री व्यवसायी मदन पोखरेलका अनुसार यो व्यवसायले १ लाख ८० हजारलाई प्रत्यक्ष रोजगारी दिएको छ भने कुल ग्रार्हस्थ्य उत्पादनमा ४ प्रतिशत योगदान पुर्‍याउँदै आएको छ । अण्डा उत्पादक सङ्घका केन्द्रीय सचिवसमेत रहेका पोखरेलले सबै कृषकलाई विशेष चनाखो भएर जैविक सुरक्षा विधि अपनाउन आग्रह गरिएको बताए ।

यसअघि बर्डफ्लु भित्रँदा कृषकले ठूलो नोक्सानी बेहोरेका थिए । पहिले पहिले भारतमा बर्डफ्लु देखिदासमेत नेपालमा खपतमा कमी आएको भए पनि पकाएर खाँदा असर नपर्ने भएपछि जिल्लामा नै रोग देखिँदासमेत खपतमा भने कमी नआएको पोखरेलले बताए

विप्लव नेकपाका नेता जीवन्त पक्राउ

Previous article

आँधीका कारण २४ जनाको मृत्यु

Next article

सम्बन्धित खबर

फेसबुकबाट तपाईको प्रतिक्रिया

अधिक मा All_news