All_news

कांग्रेसले महाधिवेशन भएको ३ वर्षपछि निर्वाचन समिति गठन गदै

काठमाडौ : नेपाली कांग्रेसले मंगलवार निर्वाचन समिति गठन गर्ने भएको छ । राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारी संयोजक रहनेगरि समिति गठन हुने सभापति शेरबहादुर निकट एक पदाधिकारीले दाबी गरे । समिति सदस्य भने टुंगिसकेको छैन ।

उनका अनुसार मंगलबार दिउँसो केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय समितिले सो बारे निर्णय गर्ने छ । कांग्रेस महाधिवेशन भएको ३ वर्षपछि निर्वाचन समिति गठन हुन लागेको हो । सोमबार भिष्मराज आङदेम्बेको संयोजकत्वमा अनुशासन समिति गठन गरिएको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले समिति सदस्यमा नाम दिएमा आजै अनुशासन समितिले समेत पूर्णता पाउने छ ।

आँधीका कारण २४ जनाको मृत्यु

Previous article

भूमाफियालाई सघाएको आरोपमा आठ कर्मचारी पक्राउ

Next article

सम्बन्धित खबर

फेसबुकबाट तपाईको प्रतिक्रिया

अधिक मा All_news