All_news

बाबुराम भट्टराईलाई सुरेन्द्र पाण्डेले भने – तपाईंमा फ्रस्टेसन देखियो

काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सांसद सुरेन्द्र पाण्डेले डाक्टर बाबुराम भट्टराईमा फ्रस्टेसन देखिएको भन्दै बजेटका सिद्धान्त र प्राथमिकतामाथिका टिप्पणी सान्दर्भिक नभएको भन्दै प्रतिवाद गरेका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा आफ्नो धारणा राख्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगत्तै रोस्टम पुगेका सांसद पाण्डेले डाक्टर भट्टराईमा स्पष्ट फ्रस्टेसन देखिएको बताएका हुन्।

उनले सन् १९८० को दशकको प्रसंग उल्लेख गर्दै उनले भट्टराईको टिप्पणी सोही किसिमको फ्रस्टेसन जस्तै भएको तर्क गरे।

उनले भने, ‘१९८० को दशकमा पूर्व कम्युनिस्टहरू पनि जुन देशमा क्रान्तिहरू गर्न सकेनन् र असफल भइसकेपछि निराश मानिसहरूले नयाँ आधुनिकतावादको कुरा गर्न थाले र कम्युनिस्ट आन्दोलनको प्रवाह रोकियो। अब यो अगाडि जाँदैन भन्दै नयाँ आधुनिकतावादको कुरा गर्न थाले र क्रिटिकल मोडनिष्ट भ्युजहरू त्यस सिलसिलामा जन्म भए। राइटिसहरूभित्र पनि एक खालका राइटिसहरूबाट विरक्तिएकाहरू लेफ्ट मुभमेण्टबाटै विरक्तिएकाहरूले यस खालका विचारहरू ल्याए तर त्यो पनि विचार कुनै नयाँ परिणाममुखी, कुनै कुराबाट त्यो निर्देशित थिएनन् वास्तवमा भन्ने हो भने त्यो एक प्रकारको फ्रस्टेसनको अभिव्यक्ति थियो। यो चिज हाम्रो देशमा पनि स्वयम् डाक्टर साबमा पनि व्यक्त हुन्छ।’

आधा निन्द्रामा लेखिएको भन्ने डाक्टर भट्टराईको टिप्पणी सान्दर्भिक नभएको दाबी पनि सांसद पाण्डेले गरे।
उनले बजेटका सिद्धान्त र प्राथमिकताको समर्थन गर्दै उत्पादनवृद्धि, रोजगारीमा वृद्धि, निर्यात बढाउने कुरा गर्दै गर्दा क्षेत्रगत वस्तु उत्पादनको प्राथमिकतालाई विशेष ध्यान दिनुपर्ने बताए। अन्तरप्रदेशको समन्वय गर्ने गरी स्पष्ट ढंगले कानुन बनाउनुको साथै सार्वजनिक खरिद ऐनका केही आधारभूत प्रावधानलाई परिर्वतन गर्नुपर्ने आवश्यकता औंल्याए।

मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रतामाथिको कू : कांग्रेस

Previous article

नेपाली नागरिकता लिने भारतीय नागरिक पक्राउ

Next article

सम्बन्धित खबर

फेसबुकबाट तपाईको प्रतिक्रिया

अधिक मा All_news