All_news

लमही नगरपालिकाको नगर सभा लमही नगरपालिकाको बजेट ६५ करोड भन्दा बढी प्रस्तुत

लमही नगरपालिकाले अागामि वर्षका लागि ६५ कराेड वढिकाे वजेट प्रस्तुत गरेकाे छ । पाँचौं नगरसभामा उपप्रमुख देवाका बेल्वासेले आगामी आर्थिक बर्षका २०७६/ ०७७ कााे लागि ६५ करोड १४ लाख ९८ हजार  वरावरकाे  नीति तथा कार््यक्रम  प्रस्तुत गरेकी हुन् । जस मध्य आन्तरिक स्रोत तर्फ १५ करोड, संघिय तथा प्रदेश सरकार समानीकरण स्रोत अनुदान तर्फ १५ करोड ११ लाख ३८ हजार र राजस्व वाँडफाड तर्फ १३ करोड ३४ लाख ६० हजार, शसर्त अनुदान तर्फ १८करोड १९ लाख रुपैयाँ हुने अनुमान गरिएको छ । चालु खर्च १३ करोड ५५ लाख ९८ हजार, पुँजिगत तर्फ ५१ करोड ५९ लाख अनुमान गरिएको छ ।

विषयगत शाखा अन्तरगत आर्थिक विकास शाखामा दुई करोड ५० लाख, सामाजिक विकास क्षेत्रमा चार करोड, पूर्वाधार विकास क्षेत्रमा सवै भन्दा धेरै १५ करोड ९० लाख, वातावरता तथा विपद व्यवस्थापन एक करोड ५० लाख, शुसासन तथा संस्थागत विकासमा ५० लाख, वडा पालिकालाई ९ करोड बजेट प्रस्तावित गरिएको छ ।

नगर सभामा एक मुस्ट रुपमा मात्रै बजेट प्रस्तुत गरिएको छ । उपप्रमुख बेल्वासले एक पेजको मात्रै बजेट पेश गरिन । त्यस्तै नगरप्रमुख कुलबहादुर केसीले नगर समृद्धिका आधारः शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार भन्ने मुल मर्म सहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।

लमही नगरपालिकाले गुणस्तरीय शिक्षाको आधारशिला निर्माण, नागरिकको आधारभूत स्वास्थ्यको प्रत्याभुती, कृषि सेवा कार्यक्रम, पूर्वाधार विकास, विपद् ब्यवस्थापन, वन तथा वातावरण संरक्षण, खेलकुद तथा युवा स्वरोजगार लगायतका कार्यक्रमलाई नगरको दिगो विकास क्षेत्र, नीति र प्राथमिकताको रुपमा उल्लेख गरेको छ ।

सादा पोसाकका भारतीय प्रहरी अछाममा !

Previous article

नेकपा र काँग्रेसका कार्यकर्ताविच भिडन्त : भिडन्तमा काँग्रेसका कार्यकर्ता कुटीए

Next article

सम्बन्धित खबर

फेसबुकबाट तपाईको प्रतिक्रिया

अधिक मा All_news