All_news

सागको लोगोमा अटाएन जनकपुरमा

जनकपुरधाम–  १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को लागि जनकपुरधामस्थित जिर्ण अवस्थामा रहेको कभर्डहल अहिले रंगरोगन गरी चिटिक्क बनाइएको छ  जनकपुरधाममा पहिलो पटक हुन लागेको साग अन्तर्गत यहाँ कुस्ती प्रतियोगिताको सबै खेल मंसिर २० गते देखि २३ गते सम्म आयोजना हुँदैछ ।

यसको लागि महिनौँ पहिलादेखि तयारी सुरु गरिएको थियो । पहिलो पटक जनकपुरधाममा सागको आयोजना गर्ने अवसर पाएपछि त्यस मौकालाई सदुपयोग गरि प्रतियोगितालाई भव्य रुपमा सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कमल चौधरीले बताए ।

सागको लोगोमा अटाएन जनकपुरधाम

तेस्रो पटक नेपालमा आयोजना भएको १३ औँ साग यस पटक काठमाडौँ, पोखरासहित जनकपुरधाममा समेत हुँदैछ तर जनकपुरधामलाई सागको लोटोमा नसमेटिएपछि यसक्षेत्रका खेलप्रेमीले आपत्ति जनाएका छन् ।

तीनठाउँमा खेल हुँदा पनि साग खेलको लोगोमा काठमाडौँ र पोखराको नाम मात्र राखेपछि आपत्ति जनाइएको हो । नेपाल भ्रमण वर्ष २०२० का प्रदेश २ का संयोजक मनिष झाले लोगोमा जनकपुरधामको नाम उल्लेख नगर्नु हेपाहा प्रवृत्ति भएको बताए ।

त्यस्तै प्रदेश २ का मुख्यनयायाधिवक्ता दिपेन्द्र झाले लोगोमा रहेको गल्तीलाई क्षमा याचनासहित सच्याउन आग्रह गरेका छन् ।

नेपाललाइ एथ्लेटिक्समा पहिलो पटक स्वर्ण पदक

Previous article

भुटानलाई नेपालले चार गोलले हरायो

Next article

सम्बन्धित खबर

फेसबुकबाट तपाईको प्रतिक्रिया

अधिक मा All_news