All_news

१३ औं साग : नेपालको स्वर्ण संख्या २१पुग्यो

तेह्रौ‌ं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले स्वर्ण संख्या २१ पुर्‍याएको छ। सोमबार नेपालले कराते र  तेक्वान्दो तर्फ समान ७ – ७ र ट्रायलथनमा १ गरि १५ स्वर्ण जितेको थियो।

मंगलबार नेपालले उसु तर्फ २ स्वर्ण थपेको छ। नेपालले उसुको थाउलोअन्तर्गत पुरुष र महिला छानछ्वानमामा स्वर्ण जितेको हो। महिलामा सुस्मिता तामाङले स्वर्ण जितिन् भने पुरुषमा विजय सिञ्जालीले थाउलोतर्फ छानछ्वानमा स्वर्ण जितेका हुन्।

त्यस्तै नेपालले मंगलबार कराँतेमा २ स्वर्ण थप गरेको छ। नबिन रसाइलीले कराँतेको ६७ केजी तौल समूहमा स्वर्ण जितेका हुन्। त्यस्तै सुनिता महर्जनले पनि ६८ केजी तौल समूहमा कराते फाइटमा स्वर्ण जिते।

उता पोखरामा दुआथलनमा हिमाल टमाटाले स्वर्ण जितेका छन् । त्यस्तै नेपालले महिला म्याराथनमा पनि स्वर्ण जितेको छ। सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा स्वर्ण जितेकी छिन्।

भुटानलाई नेपालले चार गोलले हरायो

Previous article

विप्लवका युवा संघका ज‍िल्ला सचिव पक्राउ

Next article

सम्बन्धित खबर

फेसबुकबाट तपाईको प्रतिक्रिया

अधिक मा All_news