All_news

सिपिको गढवा गाउँपालिका कार्यालयलाई हात धुने उपकरण सहयोग

हेमराज शर्मा
दांग  २६ – जेठ ।   क्रियटिङ पोसिबिलिटिज नेपाल (सि.पि )ले गढवा गाउँपालिकालाई हातको प्रयोग नगरि धाराबाट पानी र सेनिटाइजर आउन सक्ने उपकरण सहयोग गरेको छ ।   स्थानीय स्तरमा बनाईएको उक्त उपकरणमा खुट्टाले थिचेर पानी र सेनिटाइजर निकाल्न सकिन्छ । करिब ५० हजारको लागतमा निर्माण गरिएको उक्त उपकरणमा ५ सय लिटरको टङ्कि पनि जडान गरिएको छ ।  यस उपकरणमा पानी तान्ने उत्तोलकमा खुट्टाले थिच्दा  पानी  ह्यान्ड स्यानिटाईजर बाहिर आउछ ।

कोभिड–१९ भाइरसको संक्रमण रोकथाम तथा न्युनिकरणका लागि गाउँपालिकाले संचालन गर्दै आएका प्रयासहरुमा साथ दिनका लागि  उपकरण उपलब्ध गराईएको सि.पि नेपालका निर्देशक दिनेशराज सापकोटाले  वताएका छन् । ।

यस उपकरणका कारण  हातबाट संक्रमण सर्ने सम्भावना कम हुन्छ ।   क्रियटिङ पोसिबिलिटिज नेपाल चैनपुरले गाउँपालिकालाई ५०/५० वटा लुगा धुने / नुहाउने सावुन , २ सय पत्ता स्याम्पु, पीपी फर्म २५ मिटर,  सेनेटरी प्याड ५० पीस, प्लास्टिक बाटा ९ वटा, बाल्टि ३ वटा, प्लास्टिक गुन्द्री २५ वटा, प्लास्टिक मग १२ वटा र ५ सय लिटर प्लास्टिक पानी टंकी सहित खुट्टाले थिचे पछि पानी र सेनिटाइजर निस्कने १/१ वटा उपकरण गाउँपालिकाका अध्यक्ष सहजराम अहिर लाई प्रदान गरिएको थियो । हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष सहजराम अहिर, प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर योगि लगायतको सहभागिता रहेको थियोे ।

दांगमा पाेजेटिभ रिपोर्ट हुदा हुदै ५ जना काेराेना संक्रमित अस्पतालवाट डिस्चार्ज

Previous article

काेराेना भाइरसबाट थप ३१४ सङ्क्रमित, कुल सङ्ख्या ३७६२ पुग्याे

Next article

सम्बन्धित खबर

फेसबुकबाट तपाईको प्रतिक्रिया

अधिक मा All_news