All_news

घानामा चर्च भत्किँदा २२ जनाको मृत्यु

आक्रा — अफ्रिकी मुलुक घानामा एउटा चर्च भत्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार घानाको पूर्वी क्षेत्र अकेयम बाताबीमा रहेको निर्माणाधीन चर्चको तीनतले भवन भत्किँदा ११ जना महिला १० पुरुष र एक जना बालकको मृत्यु भएको हो ।

अहिले प्रहरी, सैनिकसहितको उद्धार टोलीले भवनभित्र फसिरहेका मानिसको उद्धार गरिरहेको छ ।

भवनमा कति मानिस थिए भन्ने यकिन विवरण नभए पनि स्थानीय सञ्चारमाध्यमहरुले घटना घटेका बेला ६० भन्दा बढी मानिस भवनभित्र रहेको बताएका छन् । उक्त भवन सन् १९९४ बाट बनाउन सुरु गरिएको बताइएको छ ।

मुसफिर मदिनी मस्जिदमा तोडफोड

Previous article

अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई नेपाली विद्यार्थीले अवार्ड पाएका

Next article

सम्बन्धित खबर

फेसबुकबाट तपाईको प्रतिक्रिया

अधिक मा All_news