All_news

अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई नेपाली विद्यार्थीले अवार्ड पाएका

काठमाडौँ — खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई नेपाली विद्यार्थीले अवार्ड पाएका छन् ।

यस वर्ष सञ्चालित ‘ग्लोबल ई-कम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स’मा नेपालको तर्फबाट सहभागी १४ जनामध्ये दुईजना विद्यार्थीहरुले ‘अनरेबल मेन्सन’ अवार्ड हात पारेक‍ा हुन् ।

माइतीघरस्थित सेन्ट जेभियर्स कलेजका राहुल रञ्जन साह र कोटेश्वरको क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर अंशुराज सेढाईंले उक्त अवार्ड प्राप्त गरेको नेपाल एस्ट्रोनोमिकल सोसाईटी(नासो)का अध्यक्ष सुरेश भट्टराईले बताए ।

नेपालकातर्फबाट भट्टराईको नेतृत्वमा सम्मिलित टोलीमा नासोकी परियोजना संयोजक मनिषा द्वा, पूर्व ओलम्पियाड प्रतियोगीहरु विजयचन्द्र लुईटेल र अंकित वेन्जु श्रेष्ठ सहभागी थिए ।

असोज ९ देखि कार्तिक ७ गतेसम्म सञ्चालित उक्त प्रतियोगिता व्यक्तिगत तथा सामूहिक गरी दुई विधामा सञ्चालन गरिएको थियो । नेपालले व्यक्तितर्फ दुई अवार्ड हात पारेको हो ।

घानामा चर्च भत्किँदा २२ जनाको मृत्यु

Previous article

सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठक स्थगित

Next article

सम्बन्धित खबर

फेसबुकबाट तपाईको प्रतिक्रिया

अधिक मा All_news