All_news

सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौँ — सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठक एक महिना पछि बस्ने भएको छ । कार्तिक १५ गतेका लागि तय भएको बैठक मंसिर १५ गतेसम्मका लागि सरेको सर्कुलर केन्द्रीय सदस्यहरूलाई गरिएको छ ।

नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले केन्द्रीय सदस्यहरूलाई बैठक सरेको बारे जानकारी पठाएका हुन् । केन्द्रीय सदस्यहरूलाई पठाइएको जानकारीमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको २०७७ कार्तिक १५ गतेदेखि आयोजना गरिएको तेश्रो पूर्ण बैठक कोभिड- १९ महामारीका कारण स्थगित गरिएको छ । उक्त बैठक आगामी मंसिर १५- १७ मा आयोजना हुने जानकारी गराइन्छ ।’

महाधिवेशनको तयारीका लागि कार्तिक १५ गतेदेखि बस्ने भनिएको बैठक कोरोना भाइरसको संक्रमण र अन्य तयारी पूरा नभएकाले सरेको हो । केन्द्रीय कमिटी बैठकबारे प्रवक्ता श्रेष्ठले बैठक सर्नेबारे बुधबार बिहानदेखि छलफल भएको बताएका थिए । उनले बैठकको अर्को मिति कहिले तय गर्ने भन्नेबारेमा छलफल भइरहेको बताएका थिए । सचिवालय सदस्यहरूसँगको परामर्शपछि बैठकको नयाँ मिति तय गरिएको हो ।

नेकपा सचिवालयका एक सदस्यका अनुसार स्थायी कमिटीको भदौमा सकिएको बैठकले गरेका निर्णय कार्यान्वयन भएका छैनन् । स्थायी कमिटी बैठकले सांगठनिक एकता र महाधिवेशनको तयारीसम्बन्धि गर्ने कामको सूची र समय तालिका तयार पारेको थियो । त्यस्तै कार्यकर्ताको लगत तयार पार्ने पनि स्थायी कमिटी निर्णयमा भनिएको थियो । तर यी कुनै पनि काम सम्पन्न भइनसकेको बताइएको छ ।

केन्द्रीय कमिटी बैठकमा सहभागी हुनका लागि केही केद्रीय सदस्यहरू भने काठमाडौं आउन लागेका बताइएको छ । दसैं मनाएर केन्द्रीय कमिटी बैठकमा सहभागी हुनका लागि नेताहरू काठमाडौं आउन लागेका हुन् ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई नेपाली विद्यार्थीले अवार्ड पाएका

Previous article

अरिङ्गालको टोकाइबाट दुई बालिकाको मृत्यु

Next article

सम्बन्धित खबर

फेसबुकबाट तपाईको प्रतिक्रिया

अधिक मा All_news