किन झुण्ड्याइयो बाछोको घाँटीमा गह्रौं काठ ?

अभियन्ता आशिका तामाङले सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा भिडियो अहिले भाइरल छ । भिडियोमा देखिन्छ, एउटा गाइको बाछोको घाँटीमा गह्रौं काठ झुण्ड्याइएको छ । आशिका सोध्छिन्, ‘यो के हो ? किन यसरी झुण्ड्याएको ? बिचरालाई कति गाह्रो भयो होला ?’

स्थानीय महिला जवाफमा भन्छिन्, ‘यहाँका मान्छेले यस्तै गर्छन् । बाछो दाउनका लागि हो।’ बेवारिसे छाडिएको जस्तो देखिने बाछो सहजतापूर्वक हिँडडुल गर्न समेत सकेको छैन । आशिकाको समूहले घाँटीबाट डोरी काटेर काठ निकालिदिएपछि बाछो उफ्रिदै दौडिन्छ । महिनौंदेखि त्यतिको बोझ बोक्नुपर्दा कति कष्ट भयो होला ? सहजै अनुमान गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook
YouTube
LinkedIn
Share
Instagram